शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संकटामाथि मछिन्द्रको सहज जित

एक्सप्रेस पाना
बैशाख २१, २०८० बिहीबार
  • 263
    SHARES
  • संकटामाथि मछिन्द्रको सहज जित

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटालाई पराजित गरेको छ ।

    images

    विहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    मछिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ति मगरले एक एक गोल गरेका थिए । त्यस्तै संकटाका लागि जुनियर एनकेनगुएले एक गोल फर्काएका थिए ।

    images

    जारी लिगमा मछिन्द्रको यो पाँचौं  जित हो । जितसँगै मछिन्द्रको १४ खेलमा २१ अंक बटुलेको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । 

    त्यस्तै संकटाको भने यस सिजनमा यो छैटौं हार हो । यो खेलपछि संकटाले १४ खेलमा १६ अंक जोडेर लिगमा ११औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल