शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनाङ र सातदोबाटोले अंक बाँडे

एक्सप्रेस पाना
बैशाख २३, २०८० शनिबार
  • 259
    SHARES
  • मनाङ र सातदोबाटोले अंक बाँडे

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत १५औं राउन्डको खेलमा मनाङ मर्स्याङदी क्बल र रोयल ब्लु सातदोबाटोले अंक बाँडेका छन् । 

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र सातादोबाटोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुबै टोलीले केहि राम्रो अवसर सिजर्ना गरेता पनि गोल भने गर्न सकेनन् । 

    उक्त बराबरीसँगै मनाङले १५ खेलबाट १९ अंक जोड्दै सातौं स्थानमा उक्एिको छ भने यता समान खेलबाट २३ अंक बनाएको सातादोबाटो चौथो स्थानमा रहेको छ । 

    images

    यस्तै आजै च्यासल रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडले एनआरटीलाई ४-१ गोलले पराजित गरेको छ । चर्चको जितमा अन्जन विष्टले ह्याट्रिक पूरा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल