काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्बलले पूनरागमन जित निकालेको छ ।
आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले एपिएफमाथि २-१ गोलको जित निकालेको हो ।
मछिन्द्रको जितमा नुरिन करिम र अन्तिम मिनेटमा आफिज ओलावालेले गोल गर्दै टिनलाई जित दिलाए।
यता एपिएफका लागी अर्मान्ड विडुमले एक गोल गरि खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।
उक्त जितसंगै मछिन्द्र २४ अंकसहित चौथो स्थानमा उक्लिएको छ । पराजित एपिएफ १९ अंकसहित तालिकाको ९ औ स्थानमा रहेको छ।



