शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फाको कार्यसमितिको आकस्मिक बैठक बस्दै

एक्सप्रेस पाना
बैशाख २५, २०८० सोमबार
  • 343
    SHARES
  • एन्फाको कार्यसमितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको आकस्मिक बैठक आज (सोमबार) बस्ने भएको छ ।

    images

    एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरूलाई पत्रमार्फत सोमबार दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

    ‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठक राखिएको हुँदा उपस्थितिका लागि आदेशानुसार अनुरोध गर्दछु ,’ पत्रमा उल्लेख छ।

    images

    यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दीपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिष्कार गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल