शनिबार, श्रावण ३० गते २०८३
images
images

मनाङ र पुलिसको रोमाञ्चक बराबरी, खुमलटारमाथि फ्रेन्ड्सको शानदार जित

एक्सप्रेस पाना
बैशाख २५, २०८० सोमबार
  • 245
    SHARES
  • मनाङ र पुलिसको रोमाञ्चक बराबरी, खुमलटारमाथि फ्रेन्ड्सको शानदार जित

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १६औं राउन्डको खेलमा मा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ । 

    images

    सोमबार एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङ र पुलिसले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

    मनाङका लागि रोशन राना मगरले ३३औं तथा सइद आजमल डाभोल्टातेजनोले ४४औं मिनेटमा गोल गरेका थिए । 

    images

    यस्तै पुलिसका लागि अहमद हिजाजीले १६औं र ७१औं मिनेटमा गोल गरेका थिए । खेलमा १-० गोलले पछि परेको मनाङले पहिलो हाफमै २१ गोलको अग्रता बनाएको थियो तर उक्त अग्रता दोस्रा हाफमा जोगाउन नसक्दा खेलमा अंक बाँडेको हो । 

    उक्त बारबरीसँगै मनाङ १६ खेलबाट २० अंक सहित सातौं स्थानमा कायमै रहेको छ । यता पुलिस १६ खेलमा १६ अंक सहित तालिकाको पुछारमा कायमै रहेको छ ।

    यस्तै आजै भएको अर्को खेलमा एफसी खुमलटार फ्रेन्ड्स क्लबसँग ३-१ गोलले पराजित भएको हो । 

    अंक तालिका : 

    May be an image of text 

  • सम्बन्धित विषय:

  • # फुटबल