शनिबार, श्रावण ३० गते २०८३
images
images

संकटाले सातदोबाटोलाई हरायो

एक्सप्रेस पाना
बैशाख २६, २०८० मंगलबार
  • 244
    SHARES
  • संकटाले सातदोबाटोलाई हरायो

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

    images

    मंगलबार च्यासल रंगशालामा भएको खेलमा संकटाले सातदोबाटोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरेका थिए । उनले खेलको १४औं र २६औं मिनेटमा गोल गरेका थिए ।

    images

    उक्त जितसँगै संकटाको १६ खेलमा २० अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ । त्यसति सातदोबाटोले भने यो खेलमा हारसँगै दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । सातदोबाटोको १६ खेलमा २३ अंक रहेको छ र अहिले पाँचौं स्थानमा  छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल