काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एनआरटी क्लब बराबरीमा रोकिएका छन् ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र एनआरटी गोलरहित बराबरीमा रोकिएका हुन् ।
उक्त बराबरीपछि थ्री स्टारले लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । थ्रीस्टारको १६ खेलमा २५ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै एनआरटीको १६ खेलमा १८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।



