काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत हिमालय शेर्पा क्बललाई जावलाखेल युथ क्बलले पराजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले शेर्पालाई १-० गोलले पराजित गरेको हो ।
खेलको २३औं मिनेटमा शेर्पाका अमृत श्रेष्ठले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै जावलाखेलको जितको लागि प्रयाप्त बन्यो ।
उक्त जित सँगै जावलाखेल २७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएको चर्च ब्वाइज दोस्रो स्थानमा झरेको छ ।



