शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : पहिलो लेगमा रियल सिटीसँग रोकियो

एक्सप्रेस पाना
बैशाख २७, २०८० बुधबार
  • 235
    SHARES
  • च्याम्पियन्स लिग : पहिलो लेगमा रियल सिटीसँग रोकियो

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

    images

    बुधबार बिहान रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । 

    घरेलु टोली रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो । 

    images

    खेलको ३६औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो । रियलका लागि भिनिसियस जुनियरले गोल गरे । 

    तर, दोस्रो हाफको ६७औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरीमा ल्यायो । सिटीका लागि गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले सुन्दर गोल गरे । 

    यस्तै खेलको ९०औं मिनेटमा एडरसनले सुन्दर बचाउ गर्दै रियललाई अग्रता लिन दिएनन् । अब, दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ ।

    सेमिफाइनल चरणको दोस्रो खेलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल