शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

एक्सप्रेस पाना
बैशाख २७, २०८० बुधबार
  • 289
    SHARES
  • मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

    काठमाडौं । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको पुन शीर्ष स्थानमा उक्लिएको छ । 

    images

    बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा साविक विजेता मछिन्द्र क्लबलाई २-१ गोलले पराजित गर्दै चर्च व्बाइज फेरि शीर्ष स्थानमा पुगेको हो । 

    खेलमा अन्जन विष्टले ४० मिनेटमा पहिलो गोल गरे। ६६ मिनेटमा मछिन्द्रका अमोजालाले बराबरी गोल गरे। 

    images

    तर, खेलको ७१ मिनेटमा मछिन्द्रका प्रदीप भण्डारीले आत्मघाती गोल गरेसँगै चर्च ब्वाइज २-१ ले अघि बढेको थियो ।

    उक्त जितसँगै चर्च ब्वाइजले १६ खेलबाट ३० अंक बनाएको छ । दोस्रो स्थानमा झरेको जावलाखेल युथ क्लबको समान खेलबाट २७ अंक छ । यस्तै तेस्रो स्थानको थ्रीस्टार २५ अंक रहदा साविक विजेता मछिन्द्र २४ अंकसहित चौथो स्थानमा छ । 

    यता विभागीय डर्बीअन्तर्गत दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबमाथि नेपाल एपिएफ क्लबले ३-० गोलको जित निकालेको छ । 

    एपिएफका लागि अर्मान्डले ४० मिनेटमा पहिलो गोल गरे। यस्तै आवास लामिछानेले ५६ मिनेटमा अग्रता दोब्बर पार्दा नवीन लामाले ६२ मिनेटमा तेस्रो गोल गरे। 

    उक्त जितसँगै एपिएफ आर्मीलाई पछि पार्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। एपिएफको १६ खेलबाट २२ अंक भएको छ। सातौं स्थानमा झरेको आर्मीको २१ अंक छ।

  • सम्बन्धित विषय:

  • # फुटबल