शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्याम्पियन्स लिग : एसी मिलानमाथि इन्टर मिलानको जित

एक्सप्रेस पाना
बैशाख २८, २०८० बिहीबार
  • 278
    SHARES
  • च्याम्पियन्स लिग : एसी मिलानमाथि इन्टर मिलानको जित

    काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ ।

    images

    बिहिबार बिहान सम्पन्न भएको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो । 

    पहिलो हाफको ८औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए । त्यसको केही मिनेट पछि अर्थात ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए । 

    images

    पहिलो हाफमा नै २-० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन । दुवैतर्फवाट थप कुनै गोल हुन नसके पछि खेल २-० को अन्तरमा इन्टर बिजयी भयो । 

    अब सेमिफाइनलको दोस्रो लिग मे १७ मा इन्टर मिलानको घरेलु मैदानमा हुने छ । यो जितसँगै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग