शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिका भ्रमण गर्ने

एक्सप्रेस पाना
बैशाख २८, २०८० बिहीबार
  • 239
    SHARES
  • विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिका भ्रमण गर्ने

    काठमाडौं । आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्ने नेपालले दक्षिण अफ्रिकामा जाने प्रक्रिया अघि बढाएको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासका अनुसार दक्षिण अफ्रिका भ्रमणको तयारी नेपालले सुरू गरिसकेको छ । 

    दासका अनुसार नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्ने योजना बनाएको छ । दक्षिण अफ्रिकामा रहदा नेपालले दुई टिमसँग अभ्यास खेल खेल्न कुराकानी भइरहेको दासले बताए ।

    images

    जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन् । 

    नेपालसहित ओमान र स्कटल्यान्डले लिग(२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए । यस्तै युएई र अमेरिकाले लिग-२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए । 

    छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन् । 

    यसअघि छनोटको तयारीका लागि वेस्ट इन्डिज र युएईबीच तीन खेलको एकदिवसीय सिरिज हुने पक्का भएको थियो ।

    सिरिजका लागि वेस्ट इन्डिजले युएई भ्रमण गर्नेछ । सबै तीन खेल शारजाह क्रिकेट रंगशालामा हुनेछन्, त्यसपछि दुबै टोली जुन १८ बाट सुरु हुने छनोट प्रतियोगितामा भाग लिन जिम्बावे जानेछन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट