शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फ्रेन्ड्समाथि शानदार जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा फर्कियो

एक्सप्रेस पाना
बैशाख २८, २०८० बिहीबार
  • 236
    SHARES
  • फ्रेन्ड्समाथि शानदार जित निकाल्दै जावलाखेल शीर्ष स्थानमा फर्कियो

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १७औं राउन्डको पहिलो खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

    images

    बिहिवार च्यासल रंगशालामा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४-१ गोलले पराजित गरेको हो । 

    जावलाखेलको जितमा एनकोटो साइन्स मासोआवीले २ रावल रावल र फोडे फोफोनाले समान १/१ गोल गरे । यता फ्रेन्ड्सको लागि स्यामबाबु क्यामचापियाले सान्त्वना गोल गरे । 

    images

    पहिलो हाफमै २-० गोलको अग्रता बनाएको जावलाखेलले दोस्रो हाफमा थप २ गोल गर्दा एक गोल ब्यहोरेको थियो । 

    उक्त जितसँगै जावलाखेल १७ खेलबाट ३० अंक जोडेको छ । समान अंक भएको चर्च ब्वाइज युनाइटेड दोस्रो स्थानमा झरेको छ । यद्यपि चर्चले एक खेल कम खेलेको छ । यता पराजित फ्रेन्ड्सको भने १७ खेलबाट १९ अंकसहित ११ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल