काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज १७औं चरणका तीन खेल हुँदैछ ।
आज हुने पहिलो खेलमा मनाङ मर्स्याङदी क्बलले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यो खेल दिउँसो तीन बजेबाट एन्फा मुख्यालय सातदोबाटोमा हुनेछ । जारी सिजन १६ खेलबाट २० अंक बनाएको मानङ ८औं स्थानमा रहेको छ । भने समना खेलबाट २० अंकसहित ९औं स्थानमा रहेको छ । यस अघि पहिलो लेगमा मनाङ र शेर्पाले एक एक गोलको बराबरी खेलेका थिए ।
आजै हुने दिनको दोस्रो खेलमा संकटा क्बलले विभागिय टोली नेपाल पुलिस क्लबको समना गर्नेछ । यो खेल दिउँसो तीन बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ । जारी सिजन १६ खेलबाट २० अंक बनाएको संकटा १०औं स्थानमा रहेको छ भने समान खेलबाट १६ अंक बनाएको पुलिस पुछारमा रहेको छ ।
यस्तै आजै हुने दिनको अन्तिम खेलमा एनआरटीले एफसी खुमलटारको सामाना गर्नेछ । यो खेल साँझ ६ बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ । जारी सिजन १६ खेलबाट १७ अंक बनाएको खुमलटार पूछारबाट दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट १८ अंक बनाएको एनआरटी १२औं स्थानमा रहेको छ ।



