शुक्रबार, श्रावण २९ गते २०८३
images
images

च्यासलमा एमाले स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष ओलीले जवाफ दिने

एक्सप्रेस पाना
बैशाख ३०, २०८० शनिबार
  • 316
    SHARES
  • च्यासलमा एमाले स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष ओलीले जवाफ दिने

    काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । 

    images

    गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । 

    शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल सुरु गरिएको थियो ।

    images

    आज बस्ने बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

  • सम्बन्धित विषय:

  • # ओली