काठमाडौं । फरवार्ड दिपक दिपक राज ठकुरीको दुई गोलको सहयोगमा रोयल ब्लु सातदोबाटो युथ क्बलले विभागिय टोली एपीएफ फुटबल क्बललाई पराजित गरेको छ ।
शनिबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा सातदोबाटोले एपिएफलाई ३-० गोलले पराजित गरेको हो ।
सातदोबाटोको जितमा दिपक राज सिंह ठकुरीले २ गो गरे भने विलियम ओपोकुले १ गोल गरे ।
पहिलो हाफमै २-० गोलको अग्रता बनाएको सातदोबाटोले दोस्रो हाफमा थप १ गोल गर्ने सफल भयो ।
उक्त जितसँगै सातदोबाटो अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको १७ खेलमा ७ जित, ५ बराबर र ५ हार रहेको छ । यता पराजित एपिएफ १७ खेलमा ६ जित, ४ बराबरी र ७ हारसँगै २२ अंक जोडेर सातौं स्थानमा छ ।



