काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र मनाङ मर्स्याङ्दी क्बलले रोमाञ्चक बराबरीमा सकिएको छ ।
आइतबार च्यासल रंगशालामा भएको खेलमा जावलाखेलले २-० को अग्रता जोगाउन सकेन । जावलाखेलले एनकोटो मासोआबी र हिसुब थपलियाको गोलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको अन्त्यतिर भिषण गुरुङ र सुमित श्रेष्ठले गोल गरेपछि खे २-२ गोलको बराबरीमा सकियो ।
उक्त बराबरीसँगै जावलाखेल ३१ अंकसाथ शीर्ष स्थानमा कायम छ भने मनाङ २२ अंकसाथ सातौं स्थानमा छ ।



