काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपराहन्न ३ बजेदेखि हुनेछ ।
आज एन्फा कम्प्लेक्समा खुमलटार र मछिन्द्र क्लबबीच खेल हुनेछ ।
जारी लिगमा खुमलटारको १७ खेलमा १७ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ । त्यस्तै मछिन्द्र क्लबको १७ खेलमा २७ अंक रहेको छ र लिगको तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै अर्को खेल दशरथ रंगशालामा संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच हुने तालिका रहेको छ ।
जारी लिगमा संकटा क्लबको १७ खेलमा २० अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ भने हिमालयन शेर्पाको १७ खेलमा २१ अंक छ र लिगमा १०औं स्थानमा रहेको छ ।



