शनिबार, श्रावण ३० गते २०८३
images
images

शीर्ष स्थानको सिटीलाई ४ अंकको अग्रता

एक्सप्रेस पाना
जेठ १, २०८० सोमबार
  • 199
    SHARES
  • शीर्ष स्थानको सिटीलाई ४ अंकको अग्रता

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

    images

    आइतबार राति गुडिसन पार्कमा भएको खेलमा घरेलु टोली एभर्टनलाई ३-० ले हराउँदै सिटीले उपाधि यात्रा बलियो बनाएको हो ।

    सिटीले पहिलो हाफमै दुई शून्य गोलको अग्रता बनाएको थियो । खेलको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।

    images

    त्यसको केही बेरमा अर्थात् ३९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाउन योगदान गरे ।

    दोस्रो हाफको सुरुमै ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।

    उक्त जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सीमित रहेको छ ।

    समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधि होडमा आफूलाई शीर्षस्थानमा राखेको छ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल