शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संकटा र शेर्पाको बराबरी, खुमटारमाथि मछिन्द्रको शानदार जित

एक्सप्रेस पाना
जेठ १, २०८० सोमबार
  • 240
    SHARES
  • संकटा र शेर्पाको बराबरी, खुमटारमाथि मछिन्द्रको शानदार जित

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्बलले एक एक गोलको बराबरी खेलेका छन् । 

    images

    पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको दुबै टिमले दोस्रो हाफमा भने एक एक गोल गरे । 

    खेलको ५०औं मिनेटमा शेर्पाका लागि म्यानुल एजिवानुवाले गोल गरि सुरुवाती अग्रता दिलाएका थिए । 

    images

    तर, खेलको ७४औं मिनेटमा संकटाको लागि आयुष घलानले पेनाल्टीमा गोल गरि खेल एक गोलको बराबरी अबस्थामा ल्याए । त्यसपछि बाँकी समय थप गोल नहुदा दुबै टोलीलले एक एक अंक बाँडे । 

    यस्तै आजै भएको अर्को खेलमा मछिन्द्र फुटबल क्बलले एफसी खुमटारलाई तीन शून्य गोलले पराजित गरेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल