काठमाडौँ । शहिद स्मारक ए डिभिजन अन्तर्गत आज तीन खेल हुदैछन् । आज दुई खेल अपराहन्न तीन बजे हुदै छन् भने एक खेल साँझ ६ बजेदेखि शुरु हुने छ ।
आज अपराहन्न ३ बजेदेखि च्यासल मैदानमा नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबबीच हुदै छ ।
जारी लिगमा नेपाल पुलिस क्लब १७ खेलमा १९ अंकसहित लिगमा १३औं स्थानमा रहेको छ भने एपीएफ क्लबको १७ खेलमा २२ अंकसहित लिगमा १०औं स्थानमा रहेको छ ।
त्यस्तै अपराहन्न ३ बजेदेखि दशरथ रंगशालामा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ ।
जारी लिगमा थ्री स्टार क्लबको १७ खेलमा २५ अंकसहित पाँचौं स्थानमा छ भने त्रिभुवन आर्मी क्लबको १७ खेलमा २४ अंकसहित लिगमा छैटौं स्थानमा रहेको छ ।
त्यस्तै साँझ ६ बजेदेखि दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुदै छ ।
जारी लिगमा सातदोबाटोको १७ खेलमा २६ अंक छ र लिगमा चौथो स्थानमा छ भने चर्च ब्वाइजको १७ खेलमा ३० अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।



