काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १८औं राउन्डको खेलमा चर्च ब्वाइज युनाइटेडले रोयल ब्ल्यु सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा चर्चले सातदोबाटोलाई १-० गोलले पराजित गरेको हो ।
चर्चको जितमा सुभाष गुरुङले गरे । उनले दोस्रो हाफमा गरेको गोलमा नै चर्च ब्वाइजले १-० को जित हासिल गरेको हो ।
उक्त जितसँगै चर्चले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । चर्चले १८ खेलबाट ३३ अंक जोड्यो भने पराजित सातदोबाटोको समान खेलबाट २६ अंक रहेको छ । यस्तै दोस्रो स्थानमा झरेको जावलाखेलको समान खेलबाट ३१ अंक रहेको छ ।



