शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

एक्सप्रेस पाना
जेठ ३, २०८० बुधबार
  • 280
    SHARES
  • इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

    एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलान १३ वर्षपछि युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    images

    गएराति भएको खेलमा एसी मिलानलाई सेमिफाइनलको दोस्रो लेगमा १-० ले हराउँदै इन्टर समग्रमा ३-० को नतिजा निकाल्न सफल भएको हो । पहिलो लेगमा इन्टर २-० ले विजयी भएको थियो । 

    सानसिरोमा मंगलबार राति भएको खेलमा लोउटारो मार्टिनेजले ७४औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए । उनको सोही गोलले मिलानलाई १३ वर्ष पछि फाइनलमा पुर्‍यायो ।

    images

    अब इन्टरले लिगको उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी मध्येको विजेता टोलीसँग खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग