शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफको ड्र सार्वजनिक : नेपाल, भारत र कुवेत एकै समूहमा

एक्सप्रेस पाना
जेठ ३, २०८० बुधबार
  • 247
    SHARES
  • साफको ड्र सार्वजनिक : नेपाल, भारत र कुवेत एकै समूहमा

    काठमाडौं । भारतमा आगामी महिनामा हुने दक्षिण एसियाली पुरुष फुटबल प्रतियोगिता १४औं साफ च्याम्पियन्सीको ड्र सार्वजनिक भएको छ । 

    images

    उक्त ड्र अनुसार नेपाल समूह ए मा परेको छ । नेपाल सँगै यो समूहमा आयोजक भारत, कुवेत र पाकिस्तान गरेका छन् ।

    तुलनात्मक रुपमा नेपाल निकै कठिन समूहमा परेको छ । जसमा भारत र कुवेत नेपाल भन्दा फिफा वरियतामा निकै माथि रहेका छन् ।

    images

    समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । 

    saff.jpg

  • सम्बन्धित विषय:

  • # फुटबल