शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिटी च्याम्पियन्स लिगको फाइनलमा

एक्सप्रेस पाना
जेठ ४, २०८० बिहीबार
  • 310
    SHARES
  • सिटी च्याम्पियन्स लिगको फाइनलमा

    काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूरोपको सबैभन्दा ठूलो क्बल फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडलाई ४-० गोल अन्तरले हराउँदै समग्रमा ५-१ को नतिजासहित सिटी यस सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

    यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।

    images

    घरेलु टोली सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए । त्यस्तै एक गोल रियल म्याड्रिडका एडर मिलिताओले आत्मघाती गोल गरेका थिए ।

    योसँगै म्यानचेस्टर सिटी पछिल्ला तिन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटी २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर प्रिमियर लिगकै प्रतिद्वन्दी चेल्सीसँग पराजति भएको थियो । क्लबको इतिहासमा पनि च्याम्पियन्स लिगमा पुगेको यो दोस्रो पटक हो । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

    अब यस सिजनको फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानको सामना गर्ने भएको छ । फाइनल खेल आगामी जुन १० मा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # च्याम्पियन्स लिग