शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : आज तीन खेल हुँदै

एक्सप्रेस पाना
जेठ ४, २०८० बिहीबार
  • 215
    SHARES
  • ए डिभिजन लिग : आज तीन खेल हुँदै

    काठमाडौँ । जारी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट १९औं चरणका खेल हुँदै छन् । आज हुने दुई खेल अपराहन्न ३ बजेदेखि शुरु हुँदै छ भने अर्को एक खेल साझ ६ बजेबाट सुरु हुनेछ ।  

    images

    च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच भिडन्त हुँदै छ ।

    जारी लिगमा मनाङ मर्स्याङ्दी क्लबको १८ खेलमा २२ अंक रहेको छ र लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै संकटा क्लबको १८ खेलमा २१ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

    images

    त्यस्तै दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल हुँदै छ । दशरथ रंगशालामै साझ ६ बजे एनआटी र जावलाखेल खेल्दैछन् ।

    जारी लिगमा फ्रेन्ड्स क्लबको १८ खेलमा २० अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ भने मछिन्द्र क्लबको १८ खेलमा २० अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ । १८ खेलबाट चर्च ब्वाइज ३३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने समना खेलबाट जावलाखेल ३१ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # फुटबल