शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर

एक्सप्रेस पाना
जेठ ४, २०८० बिहीबार
  • 356
    SHARES
  • आज प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच आज प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । 

    images

    आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । 

    संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

    images

    साथै सोही बैठकमा  प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कायैसूचीमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड