काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लब फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।
विहिबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र फ्रेन्ड्स क्लबसँग हारबाट जोगिदै २-२ गोलको बराबरी खेलेको हो । २-१ ले पछि परेको मछिन्द्रका लागि अफीज ओलावालेले खेलको ८३औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
त्यसअघि १-० ले पछि परेको अवस्थामा ओलावालेले नै खेलको ७१औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
त्यसैगरी फ्रेन्ड्स क्लबका लागि भने खेलको ६८औ मिनेटमा प्रकाश बुढाथोकी र खेलको ७९औं मिनेटमा राफिक अमिनुले गोल गरेका थिए ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब पनि संकटा क्लबसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।
उक्त बराबरीसँगै मछिन्द्रको १९ खेलमा ३१ अंक भएको छ भने फ्रेन्ड्स क्लबको १९ खेलमा २१ अंक भएको छ ।
त्यस्तै आजै च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्बलले पनि २-२ गोलको बराबरी खेलेका छन् । उक्त बराबरीसँगै मनाङ १९ खेलबाट २३ अंक बाएको छ भने संकटा क्लबको १९ खेलमा २२ अंक भएको छ ।



