शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जावलाखेल र एनआरटीको बराबरी

एक्सप्रेस पाना
जेठ ४, २०८० बिहीबार
  • 160
    SHARES
  • जावलाखेल र एनआरटीको बराबरी

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १९औं चरणको खेलमा जावलाखेल युथ क्लब र एनआरटीले एक एक गोलको बराबरी खेलेका छन् ।

    images

    बिहिवार दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँडेको हो । 

    पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको जावलाखेलले दोस्रो हाफमा भने गोल ब्यहोरेको हो । 

    images

    खेलको ३७औं मिनेटमा जावलाखेलको लागि सुनिल खड्काले गोलगरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ५०औं मिनेटमा एनआरटीका लागि लालनुजामाले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा ल्याएका थिए । त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाडेका हुन् । 

    उक्त बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जारी लिगमा १९ खेलबाट ३२ अंक जोडेर जावलाखेल दोस्रो स्थानमा रहेको छ । भने समान खेलबाट एनआरटी २३ अंकसहित ८औं स्थानमा उक्लिएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल