शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन् २०२६ मा हुने विश्वकपको लोगो सार्वजनिक, मिति पनि तोकियो

एक्सप्रेस पाना
जेठ ५, २०८० शुक्रबार
  • 355
    SHARES
  • सन् २०२६ मा हुने विश्वकपको लोगो सार्वजनिक, मिति पनि तोकियो

    एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपको लोगो फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक गरेका हुन् ।

    images

    ब्रजिलको रियो दि जेनेरो शहरमा आयोजित बिहिवार एक कार्यक्रमबीच इन्फान्टिनोले सादा र सरल रुपमा २०२६ लेखिएको विश्वकप सहितको लोगो सार्वजनिक गरेको हो । 

    images

    त्यस अवसरमा अबको तीन वर्षपछि हुने प्रतियोगिताको फाइनल खेलको मिति पनि घोषणा गरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल सन् २०२६ को १९ जुलाई आइतबार हुनेछ ।

    यो विश्वकपबाट फिफाले हाल रहेको सहभागी संख्या ३२ टोलीबाट बढाएर ४८ बनाएको छ । खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिने फिफाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल