शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छ : प्रधानमन्त्री

एक्सप्रेस पाना
जेठ ६, २०८० शनिबार
  • 296
    SHARES
  • उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताएका हो । उहाँले प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले काम गर्दै जाँदा धेरै खालका अफ्ट्याराहरु छन् । हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरुद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको संचार भएको छ । सरकार जस्तोसुकै अफ्ट्याराहरु सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो ।’

    images

    नेतृत्वले निकै ठुला दबाब र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाब झेलेरै सुशासन र समृद्धिको पक्षमा सरकार अघि बढ्ने बताउनुभयो । तीन ठुला दलका शीर्ष नेताहरू बीच हुने गरेको छलफलका विषयलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर नबुझ्न उहाँको आग्रह थियो । शेरबहादुर देउवा र केपी ओलीसँगको आफ्नो छलफल संसद् संचालनको विषयमा हुने गरेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । सदनलाई कसरी प्रभावकारी रुपमा सुचारु गर्ने भन्ने मै हामीहरुका बीचमा छलफल भएको हो, प्रधानमन्त्रीले भन्नुभयो ।

    May be an image of 5 people, temple, dais and text that says

    images

    देशमा नेपाली जनताले दशकौं संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिश हुने गरेको भन्दै परिर्वतनका पक्षमा फेरि एकचोटी सहकार्यको आवश्यकता हुनसक्छ भनेर आफूहरु छलफलमा बस्ने गरेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले सुशासनको निम्ति नक्कली भुटानी शरणार्थी मात्रै नभई भ्रष्टाचारका सबै फाइलहरु खोलिने विश्वास दिलाउनुभयो । एक अर्काे प्रसंगमा छिमेकी मुलुक भारतको भ्रमणका बारेमा स्पष्ट गर्दै प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हितका लागि भारत भ्रमण फलदायी बनाउने हुने बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड