शुक्रबार, श्रावण २९ गते २०८३
images
images

थ्री स्टारमाथि सातदोबाटोको सहज जित

एक्सप्रेस पाना
जेठ ६, २०८० शनिबार
  • 183
    SHARES
  • थ्री स्टारमाथि सातदोबाटोको सहज जित

    काठमाडौँ । जारी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १९औं चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

    images

    शनिबार दशरथ रंगशालामा भएको ललितपुर डर्बीमा सातदोबाटोले थ्री स्टारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    सातदोबाटोको जितमा विलियम ओपोकुले दुवै गोल गरेका हुन् । विलियमले खेलको २४औँ र ४७औं मिनेटमा गोल गरेका थिए ।

    images

    उक्त जितसँगै सातदोबाटोको १९ खेलमा २९ अंकको साथ लिगमा चौथो स्थानमा रहेको छ । यता पराजित थ्री स्टारको १९ खेलमा २६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । यस अघि पहिलो लेगमा १-० गोलले पराजित भएको सातदोबाटोले दोस्रो लेगमा बदला लिएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल