काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छ ।
आज ३ बजे दुई खेल हुदै छन् भने साँझ ६ बजे एक खेल हुने छ ।
आज च्यासल खेल मैदानमा न्यूरोड टिम (एनआरटी( र मछिन्द्र फुटबल क्लबबीच ३ बजेदेखि खेल शुरु हुदै छ ।
जारी लिगमा न्यूरोड टिमको १९ खेलमा २३ अंकसहित लिगमा नवौं स्थानमा छ भने मछिन्द्र क्लबको १९ खेलमा ३१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै ३ बजेदेखि नै दशरथ रंगशालामा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुदै छ ।
जारी लिगमा एपीएफ क्लबको १९ खेलमा २२ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै मनाङ मर्स्याङ्दी क्लबको १९ खेलमा २३ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।
त्यसैगरी साँझ ६ बजेदेखि दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच खेल हुने छ ।
जावलाखेल युथ क्लबको १९ खेलमा ३२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै संकटा क्लबको १९ खेलमा २२ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।



