शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओलीले आज संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै

एक्सप्रेस पाना
जेठ ७, २०८० आइतबार
  • 304
    SHARES
  • ओलीले आज संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् । 

    images

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज बिरोधसमेत जनाउने छन् । 

    प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।  

    images

    ‘मुलुकलाई सहि दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिवार बसेको संसदीय दलको बैठकमा भनिसकेका छन, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’ 

    प्रतिनिधिस सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दै छ । 

  • सम्बन्धित विषय:

  • # ओली