शुक्रबार, श्रावण २९ गते २०८३
images
images

१० खेलाडीमा सिमित एपीएफले मनाङलाई बराबरीमा रोक्यो

एक्सप्रेस पाना
जेठ ७, २०८० आइतबार
  • 365
    SHARES
  • १० खेलाडीमा सिमित एपीएफले मनाङलाई बराबरीमा रोक्यो

    काठमाडौँ । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत २०औं चरणको खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई बराबरीमा रोकेको छ ।

    images

    आइतबार दशरथ रंगशालामा भएको खेलमा एपीएफ र मनाङ मर्स्याङ्दीले २-२ गोलको बराबरी खेलेका हुन् ।

    खेलको ११औं मिनेटमा विश्वास राउतले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सिमित भएको थियो ।

    images

    एपीएफले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो । एपीएफका लागि नविन लामा र अर्मान्ड डीडोउमले एक एक गोल गरेका थिए भने मनाङ मर्स्याङ्दीका लागि टिमोथी कोउडो र सुमित श्रेष्ठले एक एक गोल गरेका थिए ।

    उक्त बराबरीसागै एपीएफको २० खेलमा २३ अंक भएको छ भने मनाङ मर्स्याङ्दी क्लबको २० खेलमा २४ अंक भएको छ । यो सँगै मनाङले लगातार ६ खेलमा बराबरी खेल्दै अंक बाँडेको छ । 

    यस्तै आजै भएको अर्को खेलमा मछिन्द्र फुटबल क्बलले एनआटीलाई २-० गोलले पराजित गरेको थियो भने संकटा र जावलाखेलले २-२ गोलको बराबरी खेलेका थिए । 

  • सम्बन्धित विषय:

  • # फुटबल