शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

एक्सप्रेस पाना
जेठ ८, २०८० सोमबार
  • 391
    SHARES
  • ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौँ । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । आज दुवै खेल अपराहन्न ३ बजेदेखि हुदैछ ।

    images

    आज एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन् ।

    जारी लिगमा त्रिभुवन आर्मीको १९ खेलमा २६ अंक छ भने फ्रेन्ड्स क्लबको १९ खेलमा २१ अंक रहेको छ ।

    images

    त्यसैगरी आज च्यासल मैदानमा चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबबीच खेल हुदै छ ।

    जारी लिगमा चर्च ब्वाइज १९ खेलमा ३६ अंकसहित शिर्ष स्थानमा छ भने हिमालयन शेर्पाको १९ खेलमा २५ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल