शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गोकुलम केरलाले जित्यो भारतीय महिला लिग, साम्बा उत्कृष्ट

एक्सप्रेस पाना
जेठ ८, २०८० सोमबार
  • 313
    SHARES
  • गोकुलम केरलाले जित्यो भारतीय महिला लिग, साम्बा उत्कृष्ट

    काठमाडौँ । नेपाली गोल मेसिन सावित्रा भण्डारी (साम्बा)को उत्कृष्ट प्रर्दशनमा गोकुलम केरला एफसीले भारतीय महिला लिग (आइडब्लुएल)को उपाधि जितेको छ ।

    images

    आइतबार केरलाले फाइनलमा किकस्टार एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो उपाधि जितेको हो ।

    नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टारलाई पराजित गर्नेक्रममा साम्बाले शानदार प्रदर्शन गरेकी थिइन् ।

    images

    फाइनल खेलमा साम्बाले एक गोल र २ गोल असिस्ट गरेकी थिइन् ।

    गोकुलमले यसअघि सन् २०१९/२० र २०२१/२२ को सिजन लगातार उपाधि जितेको थियो । २०२०/२१ मा भने कोभिड-१९ को कारण आइडब्लुएल हुन सकेको थिएन । साम्बाले घुँडाको चोटका कारण २०२१/२२ को सिजन गुमाउन पुगेकी थिइन् ।

    साम्बाले भारतीय महिला लिगमा २९ गोल गर्दै लिगमा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । यस्तै उनि लिकै उत्कृष्ट खेलाडी चुनिइन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल