काठमाडौँ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदक परिषद ९राखेप० को कभर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५-११ ले, दोस्रो सेट २५-१९ ले र तेस्रो सेट २५-११ ले जितेको थियो ।
उक्त जितसँगै नेपालले समुह ए मा महत्वपूर्ण ३ अंक जोडेको छ । त्यस्तै यसै समुहमा भारतले बंगलादेशलाई सोझो सेटमा ३-० ले जितेको थियो ।
च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिनसम्म चल्ने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।
अब नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ ।
समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।



