शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज शेर्पासँग बराबरीमा रोकियो

एक्सप्रेस पाना
जेठ ८, २०८० सोमबार
  • 249
    SHARES
  • अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज शेर्पासँग बराबरीमा रोकियो

    काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिग लिडर चर्च ब्वाइज युनाइटेड हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

    images

    सोमबार च्यासल मैदानमा भएको खेलमा चर्च र शेर्पाले १-१ गोलको बराबरी खेलेका हुन् । 

    खेलको १३औं मिनेटमा अन्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो तर, ३६औं मिनेटमा अबायोमी फकुन्लेले हिमलायन शेर्पालाई बराबरीमा ल्याए ।

    images

    त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल निस्कन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो । उक्त बराबरीसँगै चर्च ब्वाइजले २० खेलमा ३७ अंक जोडेको छ । यो दोस्रो स्थानको मछिन्द्रको भन्दा तीन अंब बढी हो । समान खेलबाट २६ अंकका साथ हिमालयन शेर्पा सातौं स्थानमा छ ।

    यसैगरी सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबमाथि ३-० को सहज जित निकालेको छ । 

    आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ,नवयुग श्रेष्ठ र सुदिल राईले समान एक गोल गरे । उक्त जितसँगै २० खेलमा २९ अंक जोडेको आर्मी पाँचौं स्थानमा छ । पराजय ब्यहोरेको फ्रेन्ड्स समान खेलबाट २१ अंकका साथ १३ औं स्थानमा छ। 

  • सम्बन्धित विषय:

  • # फुटबल