शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतसँग किर्गिस्तान ३-० को साझो सेटमा पराजित

एक्सप्रेस पाना
जेठ ९, २०८० मंगलबार
  • 264
    SHARES
  • भारतसँग किर्गिस्तान ३-० को साझो सेटमा पराजित

    काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले लगातार दोस्रो जित निकालेको छ ।

    images

    मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

    पहिलो सेट २५-१७, दोस्रो सेट २५-८ ले जितेको भारतले तेस्रो सेट पनि २५-८ ले जित हात पार्यो ।

    images

    योसँगै भारतले २ खेलबाट ६ अंक बनाएको छ । भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई पनि ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

    च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिनसम्म चल्ने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।

    अब नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ ।

    समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

    दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । 

  • सम्बन्धित विषय:

  • # भलिबल