काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छन् ।
आज पहिलो खेल अपराहन्न २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र न्यूरोटिम बीच हुदै छ ।
जारी लिगमा त्रिभुवन आर्मीको २० खेलमा २९ अंक छ र लिगमा पाँचौं स्थानमा छ भने न्यूरोड टिमको २० खेलमा २३ अंक छ र लिगमा ११औ स्थानमा छ ।
त्यस्तै दोस्रो खेल अपराहन्न ३ बजेदेखि च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच हुदै छ ।
जारी लिगमा एपीएफ क्लबको २० खेलमा २३ अंक छ र लिगमा १०औं स्थानमा छ भने संकटा २० खेलमा २३ अंकसहित लिगमा १२औं स्थानमा रहेको छ ।
त्यसैगरी तेस्रो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच हुदै छ ।
जारी लिगमा जावलाखेल युथ क्लब २० खेलमा ३३ अंकसहित तेस्रो स्थानमा छ भने मछिन्द्र क्लब २० खेलमा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।



