शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइपिएल : गुजरातलाई हराउदै चेन्नई १०औं पटक फाइनलमा

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 236
    SHARES
  • आइपिएल : गुजरातलाई हराउदै चेन्नई १०औं पटक फाइनलमा

    काठमाडौँ । चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा पुगेको छ । गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नईले आपिएलमा १०औं पटक फाइनलमा पुगेको हो ।

    images

    चेन्नईले दिएको १७३ रनको लक्ष्य पछाएको गुजरात २० ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।

    गुजरातका लागि शुभमन गिलले ४२, राशिद खानले ३०, दासुन शानकाले १७, विजय शंकरले १४, रिद्धिमान शाहले १२ रन बनाएका थिए ।

    images

    त्यस्तै चेन्नईका बलर दिपक चहर, महीश थिकक्षना, रविन्द्र जडेजा र मथीशा पाथीरानाले २-२ विकेट लिएका थिए भने तुषार देशपाण्डेले १ विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

    चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ६० रन बनाए भने डेभोन केनवेले ४० रन बनाए ।

    त्यस्तै रविन्द्र जडेजाले २२, आजिख्य रहाने र अम्बाती रायडुले १७/१७ रन बनाए ।

    त्यस्तै मोहमद शामी र मोहित शर्माले २/२ विकेट लिए भने दर्शन नलकान्डे, राशिद खान र नूर अहमदले १/१ विकेट लिए ।

    उक्त जितसँगै चेन्नई आइपिएलको फाइनलमा पुगेको छ । 

    त्यस्तै पराजित भएको गुजरातले भने दोस्रो क्वालिफायरमा खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा गुजरातको भिडन्त इलिमिनेतरमा लखनउ सुपरजाइन्ट र मुम्बई इण्डियन्सको विजेतासँग हुने छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट