शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ला लिगा च्याम्पियन बार्सिलोना भल्लाडोलिडसँग पराजित

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 303
    SHARES
  • ला लिगा च्याम्पियन बार्सिलोना भल्लाडोलिडसँग पराजित

    काठमाडौँ । यस सिजनको स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ । ला लिगामा ४ खेल अगाबै उपाधि जितेको बार्सिलोना गएराती सम्पन्न खेलमा भल्लाडोलिडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

    images

    भल्लाडोलिडको जितमा किल लारिन र गोन्जालो प्लाटाले १/१ गोल गरे भने १ गोल बार्सिलोनाका आन्द्रेज क्रिस्टियनसेनले आत्मघाती गोल गरेका थिए ।

    त्यसैगरी बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।

    images

    बार्सिलोनाको लिग जितेकोको यो लगातार दोस्रो हार हो । यसअघि रियल सोसियडाडसँग २-१ गोल अन्तरले पराजित भयेको थियो ।

    बार्सिलोनाको लिगमा ३६ खेलमा ८५ अंक रहेको छ । त्यस्तै यो जितपछि भल्लाडोलिडको ३६ खेलमा ३८ अंक भएको छ र रेलिगेसन जोनबाट बाहिर १७औं स्थानमा उक्लिएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा