शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काभा महिला भलिबल : किर्गिस्तानको पहिलो जित

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 425
    SHARES
  • काभा महिला भलिबल : किर्गिस्तानको पहिलो जित

    काठमाडौं । राजधानीमा जारी काभा एसियन महिला भलिबलमा किर्गिस्तानले पहिलो जित निकालेको छ ।

    images

    बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा बंगलादेशलाई किर्गिस्तानले ३-० को सोजो सेटमा पराजित गरेको हो ।

    पहिलो सेट २५-१७, दोस्रो सेट २५-११ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने किर्गिस्तानले २५-२० ले जित हात पार्यो ।

    images

    जितसँगै समूह ‘ए’ को किर्गिस्तान तीन अंक जोड्दै तेस्रो स्थानमा रह्यो । तीनै खेलमा पराजय ब्यहोरेको बंगलादेश अंक विहिन रहँदै पुछारमा रह्यो ।

    किर्गिस्तानले प्ले अफमा बिहिबार श्रीलंका र मादिभ्सबीचको खेलमा पराजित हुने टोलीको समान गर्नेछ भने बंगलादेशले विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    पहिलो खेलमा नेपालसँग पराजित भएको किर्गिस्तान दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । यो समूहबाट नेपाल भारत एक खेल अगाबै सेमिफाइनल प्रवेश गरिसकेका छन् भने अब समूह विजेताको लागि आजै दिउँसो ३ बजे नेपाल र भारतले प्रतिस्पर्धा गर्नेछन् । 

    यता किर्गिस्तानसँग पराजित बंगलादेश जारी प्रतियोगिता ३ खेलमै पराजय ब्यहोरेको छ ।

    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । 

  • सम्बन्धित विषय:

  • # भलिबल