शुक्रबार, श्रावण २९ गते २०८३
images
images

‘सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ’ : प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 305
    SHARES
  • ‘सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ’ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ । 

    images

    नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छु । सानो संख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका रहेको छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ ।’ 

    उहाँले सबै अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्धाप्रति सरकार दृढ रहेको बताउनुभयो । 

    images

    प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड