शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काभा महिला भलिबल : भारतसँग पराजित नेपाल समूह उपविजेता

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 243
    SHARES
  • काभा महिला भलिबल : भारतसँग पराजित नेपाल समूह उपविजेता

    काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतसँग नेपाल पराजित भएको छ । 

    images

    बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । 

    भारतले पहिलो सेट २५–१२ ले, दोस्रो सेट २६–२४, तेश्रो सेट २१–२५ र चौथो जितेको छ । यो जितसँगै भारत समुह ए को विजेता बनेको छ । नेपाल समूह उपविजेता बन्यो । 

    images

    च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    जितसँगै समूह 'ए' को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

    समूह ए को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह बी को विजेता काजकिस्तानसँग खेल्नेछ ।

    समूह ए को विजेता भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । 

    प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा काजकिस्तान र किर्गिस्तानले जित निकालेका छन् ।  बुधबारको अन्तिम खेलमा माल्दिभ्स र श्रीलंका खेल्ने छन् ।

  • सम्बन्धित विषय:

  • # भलिबल