काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने दुबै खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । जसमा च्यासल रंगशाला र एन्फा मुख्यालय सातदोबाटोमा खेल हुनेछ ।
च्यासल रंगशालामा जारी सिजन शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले मनाङ मर्स्याङदी क्बलसँग खेल्नेछ । जारी सिजन २० खेलबाट ३७ अंक जोडेको चर्चले १० खेलमा जित, ७ बराबरी र ३ खेलमा पराजय ब्याहोरेको छ ।
यता समान खेलमा २४ अंकसहित ११औं स्थानमा रहेको मनाङले ५ जित, ९ बराबरी र ६ खेलमा पराजय ब्यहोरेको छ । मनाङले पछिल्लो ६ खेलमा कुनै पनि खेलमा ति निकाल्न सकेको छ भने सबै खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।
यसअघि पहिलो लेगमा चर्च ब्याइजे मनाङलाई ३-० गोलले पराजित गरेको थियो । चर्च आज पनि सोहि लय दोहोर्याउने दाउमा रहेको छ भने मनाङ अघिल्लो हारको बदला लिने योजनमा रहेको छ ।
यस्तै आजै सोहि समयमा एन्फामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्नेछ । जारी सिजन २० खेलबाट २९ अंक जोडेको सातदोबाटो चौथो स्थानमा रहेको छ भने समान खेलबाट २१ अंक जोडेको फ्रेन्ड्स १३औं स्थानमा रहेको छ ।



