शुक्रबार, श्रावण २९ गते २०८३
images
images

घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ : सभापति रवि लामिछाने

एक्सप्रेस पाना
जेठ ११, २०८० बिहीबार
  • 237
    SHARES
  • घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ : सभापति रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफ्नो राहदानीको विषयमा फेरी सर्वोच्च अदालतमा मुद्धा दायर भएको विषयमा प्रतिक्रिया दिएका छन् ।

    images

    सामाजिक संजालमा पोष्ट गर्दै नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेकोमा आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका हुन् ।

    उनले भनेका छन्
    मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ । 
    १) सर्वोच्च अदालतको  मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ ।  
    २) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
    ३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। 
    ४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ ।

    images

  • सम्बन्धित विषय:

  • # रवि