शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युनाइटेडले च्याम्पियन्स लिग खेल्ने पक्का

एक्सप्रेस पाना
जेठ १२, २०८० शुक्रबार
  • 287
    SHARES
  • युनाइटेडले च्याम्पियन्स लिग खेल्ने पक्का

    एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति चेल्सीमाथि फराकिलो जित निकाल्दै युनाइटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

    images

    बिहीबार राति युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको छ। युनाइटेडलाई जित दिलाउन कासेमिरो, एन्थनी मार्सल, ब्रुनो फर्नान्डेज र मार्कस रासफोर्डले १/१ गोल गरे । चेल्सीका लागि जोआओ फेलिक्सले १ सान्त्वना गोल फर्काए ।

    योसँगै लिग विजेता म्यानचेस्टर सिटी, दोस्रो स्थानको आर्सनल र चौँथो स्थानको न्यूकासलले यसअघि नै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरिसकेका थिए । यता चेल्सीको पराजयसँगै लिभरपुलले भने युरोपा लिग खेल्ने भएको छ ।

    images

    उक्त जितसँगै युनाइटेडले ३७ खेलबाट ७२ अंक जोडेको छ । पाचौँ स्थानमा रहेको लिभरपुलको भने ६६ अंक छ । चौँथो स्थानको न्यूकासलले ७० अंक जोडेको छ । प्रिमियर लिगको अन्तिम चरणका खेलहरु आइतबार हुने तालिका रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग