काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग खेल्नेछ । यो खेल साँझ ५ बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने छ ।
समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।


